झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुग्यो

Newslaya Home

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुग्यो

बुधबार ०३, मङि्सर २०७७

झापा । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुगेको छ।

मंगलबार नोबेल अस्पताल विराटनगरमा कमल गाउँपालिका–३ केर्खा बजारका २८ वर्षे पुरुषको मृत्यु भएसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ पुगेको हो।

नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मंगलबार दिउँसो मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनलाई तीन दिनअघि विराटनगर लगिएको थियो।

पीसीआर परीक्षणको रिपोर्ट आउनु अघि नै उनको मृत्यु भइसकेको र मृत्युपछि रिपोर्ट पोजिटिभ आएको हो।

मंगलबार नै अर्जुनधारा ७ का एक बृद्धको कोरोना संक्रमणबाट झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो।