नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल गोल रहित

Newslaya Home

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल गोल रहित

मङ्गलबार ०२, मङि्सर २०७७

काठमाडौँ । कोरोना महामारीका बीच खेलेको नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । आज (मंगलबार) बंगलादेशको ढाकास्थित बंग बन्धु स्टेडियममा सम्पन्न खेल बिना कुनै गोल बराबरीमा सकिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबात कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको हो ।

यसअघि गत कार्तिक ३० गते शुक्रबार सम्पन्न पहिलो खेलमा बंगलादेश २–० ले विजयी भएको थियो ।

नेपालले यस अघि गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसित १–० गोलले पराजित भएको थियो ।

त्यस्तै बंगलादेशसँग सन् २०१८ मा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक खेलेको थियो । त्यसबेला नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो ।