फेसबुकमा पठाएको मेसेज हेरेपछि अब आफै हुनेछ डिलिट

Newslaya Home

फेसबुकमा पठाएको मेसेज हेरेपछि अब आफै हुनेछ डिलिट

मङ्गलबार ०२, मङि्सर २०७७

काठमाण्डौ । फेसबुकमा पठाएको मेसेज हेरेपछि अब आफै हुनेछ डिलिट एप सार्वजनीक भएको छ । फेसबुकले म्यासेञ्जर र इन्स्टाग्राममा भ्यानिस मोड फिचर सार्वजनिक गरेको हो ।

गत हप्ता मात्रै फेसबुकले ह्वाट्सएपमा डिसअपेयरिङ फिचर ल्याएको थियो जसले गर्दा मेसेजहरु सात दिनमा हराउने गर्छन् । यही फिचर कै अनुरुप फेसबुकले मेसेन्जर र इन्सटाग्राममा पनि ‘भ्यानिस मोड’ ल्याएको हो ।

अहिले केही निश्चित स्थानमा मात्रै यो फिचर उपलब्ध भएको छ । चाँडै नै सबै प्रयोगकर्तालाई यो फिचर उपलब्ध हुनेछ ।

यो फिचर सुचारु गर्न प्रयोगकर्ताहरुले च्याटमा गएर माथि स्वाइप गर्नुपर्छ । त्यस पछि त्यहाँ लोड भएर घुमिरहेको जस्तो देखाउँछ र इन्टरफेस अँध्यारो जस्तो हुन्छ जसले गर्दा यो फिचर सुचारु भएको सूनिश्चित हुन्छ ।