आज थपिए १९ सय ४६ जना कोरोना संक्रमित, १३ संक्रमितको मृत्यु

Newslaya Home

आज थपिए १९ सय ४६ जना कोरोना संक्रमित, १३ संक्रमितको मृत्यु

शनिबार २९, कार्तिक २०७७

काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा २५ सय तीनजना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । शनिबारसम्म देशभर संक्रमित हुनेको संख्या दुई लाख आठ हजार दुई सय ९९ पुगेको छ।

पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । यो समेत शनिबारसम्म निधन हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म एक लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार चार सय ५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।