५०० वर्षपछि दीपावलीको महासंयोग

Newslaya Home

५०० वर्षपछि दीपावलीको महासंयोग

शनिबार २९, कार्तिक २०७७

काठमाडौं । आज तिहारअन्तर्गत लक्ष्मीपुजा । घरघरमा लक्ष्मीको पूजा आरधना गरी मनाइँदैछ ।

वर्षेनी मनाइने भएपनि यो वर्षको लक्ष्मीपुजा विशेष रहेको बताइएको छ । तीन ग्रहको दुर्लभ संयोगका कारण यसपटक पाँच दिन मनाइने दीपावली चार दिनमा सिमित भएको छ ।

ज्योतिषाचार्यहरुलाई मान्ने हो भने यो दुर्लभ संयोग सन् १५२१ मा पनि बनेको थियो । अर्थात् आजभन्दा पाँच सय वर्ष पहिले ।

आज शनिबारको दिन यो विशेष संयोग बनेको हो । अहिले दीप पर्व गुरु ग्रह आफ्नो स्वराशी धनु तथा शनि आफ्नो स्वराशी मकरमा रहने भएको छ । त्यस्तै, लक्ष्मीको स्वग्रह शुक्र कन्या राशीमा हुने भएको छ । अनि आज लक्ष्मी पूज ागर्ने समयमा स्वाति नक्षत्र रहने ज्योतिषीहरुले बताएका छन् । यसलाई नै महासंयोग भनिएको हो ।

लक्ष्मीपुजाको विधि ः
१। सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।

२। यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।

३। लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।

४। त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।

५। लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।

६। त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।

१२। कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।