स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै खेलकुदका प्रशिक्षण सुरु गर्न अनुमति

Newslaya Home

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै खेलकुदका प्रशिक्षण सुरु गर्न अनुमति

बिहीबार २७, कार्तिक २०७७

काठमाडौं । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरू सुरु गर्न अनुमति दिएको छ ।

ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेटलगायतका खेलहरूको अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो ।

यस्तै मैत्रीपूर्ण खेलहरू आयोजना गर्न, स्थगित रहेका फुटबल डिभिजनका खेलहरू सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिताका लागि प्रशिक्षणलगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् ।