देशभर थप ३,०५१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

Newslaya Home

देशभर थप ३,०५१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

बिहीबार २०, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,०५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १३,०६८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

काठमाडौं उपत्यकामा १,३९८ जनामा कोभिड–१९ पुष्टि भएको हो। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,८५,९०० नाघेको छ। पुष्टि भएको मध्ये ७९.८ प्रतिशत अर्थात् १,४८,४०८ जना निको भइसकेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ सँग सम्बन्धित कारणले हालसम्म १,०५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ३,४३० जना निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ३६,५१४ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन्।