न्याय हराएको देश यो मेरो

Newslaya Home

न्याय हराएको देश यो मेरो

संजय रौनियार
सोमबार १७, कार्तिक २०७७

छैन् यहाँ कतै न्याय, छन् त यहाँ केवल अन्याय।
छन् कानुन संविधानमा, तर छैन्
कानुनको उचित पालना यहाँ ।
छन् त केवल अन्याय, अत्याचार,
बलात्कार र मानव अधिकारको
हनन् यहाँ।

भए त पक्कै पाउन्थ्यो, बिचरी चेली
निर्मला पन्त र नन्द प्रसाद अधिकारी
भनाउँदाले न्याय यहाँ।
छन् ठुला ठालाहरू पैसाको आड्मा
कानुन आफ्नो हातमा लिनेको जमघट
र हालिमुहाली यहाँ ।

पैसाकै बल्मा चाहन्छन् कानुनको
खिल्ली उडाउन्, पैसा झै सम्झन्छन्
कानुनलाई खल्तिमा हाल्न ।

छन् यहाँ यस्ता पनि मनुष्य जो जिउँदो
मान्छेलाई इँटाको भट्टिमा हाल्छन् ।
छैन् कानुनको डर र त्रास यहाँ छन् त
चाप्लो, चाप्लुसी कुरा गरेर सत्तामा पुगी
रमाउने को बोलवाला र रजाइँ यहाँ ।
सब आउँछन् मृत्यु शैय्यामा धैर्य गर्नुस्
भनेर..

तर मिठो कुरा र ढाढ्स दिएर जान्छन् ।
केवल मिडियामा ठुला ठाला कुरा र
भविष्यको ताना(बाना फ्रन्ट पेजमा
हाल्नलाई।

न्याय हराएको देश यो मेरो,,,न्याय खोज्न
म काहाँ जाम्, म काहाँ जाम् .. ।
अन्याय, अत्याचार, बलात्कार र
मानवअधिकारका पिँडा कहिले सम्म
भोगुम् हाम्रा पिढीले,,,,,,,कहिले
सम्म भोगुम् ..।

भो अब अति भो.. उठुम् हाम्रा युवाको
हातहरू एक आपसमा संगालो हालेर
न्यायको आवाज बुलन्द गर्न, बुलन्द गर्न।
अब फेरी कुनै निर्मला पन्त र नन्द प्रसाद
अधिकारी र इँटा भट्टिमा पोलिनेको
न्यायिक अधिकार खेर नजाओस्,,
खेर नजाओस्,,,।

भन् साथी हो,,, अब न्याय हराएको यो
मेरो देशमा म न्याय खोज्न काँहा जाम्
काहाँ जाम् ...।


संजय रौनियार
रामधुनी –झुम्का