पाँचथरमा अरिङगालको टोकाइबाट एक युवकको मृत्यु

Newslaya Home

पाँचथरमा अरिङगालको टोकाइबाट एक युवकको मृत्यु

शनिबार १५, कार्तिक २०७७

पाँचथर । पाँचथरमा अरिङगालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–१ स्थीत काफ्लेपानीमा रुखमा अरिङगाल मार्ने क्रममा स्थानीय १९ वर्षिय जीवन दर्जीको मृत्यु भएको हो ।

अरिङगालको टोकाइबाट गम्भिर घाइते भएका उनको उपचारको लागि झापाको बित्तासिटि अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि दर्जीलाई धरानस्थित विपी प्रतिस्थान लादा लादै बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।