एक लाख मुल्य बराबरको पटका बरामद

Newslaya Home

एक लाख मुल्य बराबरको पटका बरामद

शनिबार १५, कार्तिक २०७७

झापा । मेचीनगर नगरपालिका–१५ हल्दिबारीबाट एक लाख मुल्य बराबरको अतिसबाजी (पटका) बरामद गरिएको छ ।

पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ एक लाख मुल्य बराबरको पटका बरामद गरेको हो ।

लुकाई छिपाई राखीएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।