हवाई आक्रमणमा परेर नौ जना बालबालिकाको मृत्यु

Newslaya Home

हवाई आक्रमणमा परेर नौ जना बालबालिकाको मृत्यु

शनिबार १५, कार्तिक २०७७

काठमाण्डौ । अजरबैजानमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ।

अजरबैजानको शिक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा भएको सो द्वन्द्वमा परेर ती बालबालिकाको ज्यान गएको जनाएको हो।

अजरबैजान र अर्मेनियाबीच पछिल्ला केही हप्ता विवादास्पद क्षेत्र नागोर्नो काराबाखमा द्वन्द्व जारी छ। त्यहाँ भएका एक अर्का विरुद्धका आक्रमणहरुमा सयौं नागरिकले ज्यान गुमाएका छन्। यी दुई देशका बीचमा दुई पटकसम्म युद्धविराम भएको भए पनि युद्धविरामको पालना नभएको बताइएको छ। जसका कारण अहिले पनि द्वन्द्व जारी नै छ।

शिक्षा मन्त्रीले गत सेप्टेम्बर महिनाबाट जारी रहेको यस द्वन्द्वमा परेर विद्यालयमा अध्ययनरत नौ जना छात्रछात्राको ज्यान गएको बताएका हुन्। नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै आक्रमण जारी रहेको छ ।