उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

Newslaya Home

उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

शनिबार १५, कार्तिक २०७७

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

धानमा पानी लगाउन मोटर चलाउँदा करेन्ट लागेर त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकीको मृत्यु भएको हो ।

शुक्रबार बेलुकी मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरप्रहरीले जनाएको छ ।