काठमाडौँको टोखामा अज्ञात व्यक्तिद्वारा छुरा प्रहार गरी एक जनाको हत्या

Newslaya Home

काठमाडौँको टोखामा अज्ञात व्यक्तिद्वारा छुरा प्रहार गरी एक जनाको हत्या

शुक्रबार १४, कार्तिक २०७७

काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–५ धापासीमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।