पिङ खेल्न गएकी ४ वर्षीया बालिका बलात्कृत गर्ने बालक पक्राउ

Newslaya Home

पिङ खेल्न गएकी ४ वर्षीया बालिका बलात्कृत गर्ने बालक पक्राउ

शुक्रबार १४, कार्तिक २०७७

धादिङ । दशैँमा पिङ खेल्न गएकी एक बालिका बलात्कृत भएकी छिन् ।

गल्छी गाउँपालिका–७ की ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई शुक्रबार पक्राउ गरेको छ ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।