देशभर थप २,३६४ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

Newslaya Home

देशभर थप २,३६४ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

बिहीबार १३, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २,३६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड–१९ कारण १७ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बिहीबार सार्वजनिक विवरणमा जनाइएको हो। योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ९०४ पुगेको छ।

बुधबार ८,२४८ वटा पीसीआर परीक्षण हुँदा १,९५४ सङ्क्रमित थपिएका थिए। नेपालमा कुल १ लाख ६४ हजार ७१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो अवधिमा ९,७६९ वटा पीसीआर परीक्षण भएको थियो।

हाल देशभरिका आइसोलेशनमा ३८ हजार ९५२ सक्रिय सङ्क्रमितहरू रहेको बताइएको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १६,५२१ जना सक्रिय सङ्क्रमित छन्।

यस अवधिमा काठमाडौंका तिनवटा जिल्लामा कुल १ हजार ६ सय १५ सङ्क्रमित थपिएका हुन्।

नेपालमा हालसम्म सङ्क्रमित भएकामध्ये सक्रिय सङ्क्रमितको हिस्सा २३.६ प्रतिशत रहेको छ।

बिहीबार नै ३,०३८ जना भाइरसमुक्त भएको मन्त्रालयको विवरण छ। भाइरसबाट मुक्त हुने दर ७५.८ प्रतिशत रहेको छ।