प्रदेशि छोरा र घर सम्झने दशैं
– बेद प्रसाद दहाल
घरहो जन्मदिने स्थान मनले सम्झन्छु रातदिन ।
कर्तव्य गरनै भनेर परदेश आइपुगे यो छिण ।।
आफ्नो धर्म परम्परा कसरी यो सार्थक बनाउ भनी ।
गर्नैपर्छ सेवा बाबू र आमाको कुल पितृ देशको पनी ।।
घरलाई मन्दिर बनाई सेवा गरने सङ्कल्प लिएको थिए ।
आर्थिकै संकट परेपछी यहाँ आफै म परदेशिएँ ।।
आउनेछु बडादशैँ तिर घर प्रसाद टीका लाउन ।
दुर्गादेवि र मान्नेजनको शुभ आशिष पाउन ।।
परदेशको डियुटि मिलाइ घरमा फर्किन कष्टै हुने ।
नआउँ म यदी भने घरको संस्कृति र आमा रुने ।।
आउछु जसरीपनी दशैंमा श्रिङ्गार्नु घर आगन ।
राख्नु देवि पुजेर त्यहाँ जमरा श्रद्धा बढाइ पावन ।।
आमाबाबु र मान्नेजन दुर्गेको आशिर्वाद लिइ कन ।
फर्किनेछु अनि त्यसै बखतमा आनन्द पारी मन ।।
दशैं आउ सधै मलाइ घरको संस्कृति सम्झाउन ।
जिवनभर कहिलै नपरोस यहाँ आमा र बाबू रुन ।।
देवि भक्ती लिएर कार्य गरछु कुल आफ्नु सजाउन ।
मन धैर्यगरी मेहनति भइ यहाँ केही कृति कमाउन ।।
हे दुर्गे अब शान्ति देउ जगतमा लोकको गरी हितहरु ।
तिम्रो भक्ती अवश्य गर्छ जनले उद्धार गरिदेउ बरु ।।
आफ्नु मात्र होइन रहेछ यो घर ।
विभिन्न बाध्यताहरु सहनैपर्दो रहेछर ।।
कम्जोरी हुनुनै कठोर रहेछन यी पीडा ।
धिक्कार छ यो जिन्दगी धोकाको नजिक छ डेरा ।।
आयौ दशैं लिएर पवित्र खुशि र जमरा ।
तिम्रै सङ्गमा उडेका छन पिडाका ती भमरा ।।
सहनै पर्छ यो मुटुको धड्कन ,खेल समयको ।
मुर्छा पार्दैछ मलाइ यसले बिष भइ ,औषधी कुन हो ।।
रक्षागर हे दुर्गे माता दुखमा शक्ति दिएर ।
बाच्न सक्छु म तिम्रो त्यो शक्ती रस पिएर ।।
पछ्याउछ्स तँ मलाइ किन हे मूर्ख पीडा ।
नहुने कुरामा पनि किन निकाल्छस तँ बखेडा ।।
पार गर्छु धोकामा म जन्मिएको छु त ।
तँ देखि टेर्दिन सधै म छु सङघर्ष रत ।।