जंगलमा च्याउ खोज्न गएका साला भेनाको बाघको आक्रमणबाट मृत्यु

Newslaya Home

जंगलमा च्याउ खोज्न गएका साला भेनाको बाघको आक्रमणबाट मृत्यु

मङ्गलबार ११, कार्तिक २०७७

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ मा पर्ने पुरानो भन्सार कार्यालय नजिक पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

ज्यान गुमाउनेहरुमा मधुवन नगरपालिका–३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी र २६ वर्षीय रमेश थारु रहेका छन् । बिहान जंगलमा च्याउ खोज्न गएका चौधरी दिउँसोसम्म घर नफर्किएपछि उनलाई खोज्न गएका थारुलाई पनि बाघले आक्रमण गरेर मारेको प्रमुख वाग्लेले बताए ।

मृतक दुई जना साला भेना हुन् । मधुवन नगरपालिकामा एक हप्तामै चार जनालाई बाघले मारेको छ । बितेको साढे एक वर्षमा बर्दिया राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला बन क्षेत्रमा पाटे बाघको आक्रमण परि ९ जनाको ज्यान गएको छ ।