देशभर आज थप ५७० जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

Newslaya Home

देशभर आज थप ५७० जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

मङ्गलबार ११, कार्तिक २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

भदौ महिनायताकै यस्तो न्यून सङ्ख्या पछिल्ला केही महिनामा गरिएको कम पीसीआर परीक्षणमाझ देखिएको हो।

उक्त अवधिमा कोभिड–१९ कारण १४ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले मङ्गलबार अपराह्ण सार्वजनिक गरेको विवरणमा जनाइएको छ।

योसँगै नेपालमा कोभिड–१९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८७६ पुगेको छ।

नेपालमा कुल १ लाख ६० हजार ४०० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो अवधिमा २,७२५ वटा पीसीआर परीक्षण भएको थियो। त्यसैगरी यो अवधिमा ३,१६८ जना निको भएका छन्। निको हुने प्रतिशत ७४.१ छ।