कोरोनाबाट प्रभावित मुलुकको सूचीमा नेपाल ३४ औँ स्थानमा

Newslaya Home

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा नेपाल ३४ औँ स्थानमा

मङ्गलबार ११, कार्तिक २०७७

काठमाण्डौ । वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० रहेको छ भने ८ सय ६२ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको महामारी सुरु भएको झण्डै एक वर्ष हुन लाग्दा विश्वभर ११ लाख ६५ हजारभन्दा बढीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। यस्तै कोरोना संक्रमितको संख्या चार करोड ३८ लाखभन्दा बढी छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएकोमा २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ।

यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ४१ रहेको छ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना सातौँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशौँ स्थानमा रहेको छ।