२०७७ कार्तिक ११ गते मंगलबारको राशिफल

Newslaya Home

२०७७ कार्तिक ११ गते मंगलबारको राशिफल

मङ्गलबार ११, कार्तिक २०७७

मेष । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

वृष । प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मिथुन । आफन्तसंग भेटघाट हुनेछ । छोटो दूरिको लाभदायक यात्रा हुनेछ । वाहनसुखपनि मिल्नेछ, तर खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ ।

कर्कट । सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

सिंह । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ कार्यको चर्चा हुनेछ ।

कन्या । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला । भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

धनु । आज बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचिपनि बढ्नेछ ।

मकर । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

कुम्भ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।

मीन । गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Hiraलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ११, कार्तिक २०७७
Mero nam hira ho