देशभर २८ सय ५६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

Newslaya Home

देशभर २८ सय ५६ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

आइतबार ०९, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८ सय ५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कुल १ लाख ५८ हजार ८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

उक्त अवधिमा कोभिड–१९ कारण पाँच जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ। योसँगै नेपालमा कोभिड(१९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४७ पुगेको छ।

यो अवधिमा १२,३११ वटा पीसीआर परीक्षण भएको थियो।

त्यसैगरी यो अवधिमा ३,३३६ जना निको भएका छन्। निको हुने प्रतिशत ७०.६ छ।

नेपालमा अहिले ४५,५७२ जनामा सक्रिय सङ्क्रमण छ।

त्यस्तै एक लाख ११ हजार ६७० मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन्। स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार नेपालमा हालसम्म १३ लाख ९३ हजार एक सय ७३ पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर गरी ४५,५७२ जना आइसोलेशनमा छन् भने ३,०६४ जना क्वारन्टीनमा रहेका छन्।