उर्बि यस्तो रुपमा (फोटोफिचरसहित)

Newslaya Home

उर्बि यस्तो रुपमा (फोटोफिचरसहित)

शनिबार ०८, कार्तिक २०७७

इटहरी । विजयादशमीको उपलक्ष्यमा मार्टिना मेकअप स्टुडियो तथा ब्युटि पार्लरले दशैँ विषेश फोटोसुट गरेको छ ।

स्टुडियोकी संचालिका उर्बि श्रेष्ठ दुर्गा माताको रुपमा देखिएकी छिन् । यस्तो फोटोमा मोडल भीकेजनलाई पनि देख्न सकिन्छ । तस्बिरमा दुर्गाको रुपमा नारी शक्तिलाई देखाउन खोजिएको छ । फोटो भने इटहरीस्थित स्टुडियो ९७७ ले खिँचेको हो । 

फोटोसुट गरेर दशैंको शुभकामना दिन खोजिएको छ । देवी दुर्गाले‌‌ शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघंटा ,कूष्माण्डा स्कंदमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदातृको रुपधारण गरि अधर्म, असत्य माथि विजय गरी संसारमा धर्म सत्यता र शान्ति स्थापनाको लागि हजारौं वर्ष युद्ध गरेको कथन छ । अहिले पनि नारी शक्तिको आस्थाका साथ पुजा अर्चना हुने गरेको छ ।

मार्टिनाले मेकअप सम्बन्धि स्तरिय सेवा दिदै आएको छ ।