चतरा आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

Newslaya Home

चतरा आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

शनिबार ०८, कार्तिक २०७७

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका–१ चतरास्थित आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बराहक्षेत्र–१० का ४२ वर्षीय पुरुषको आज (शनिबार) मृत्यु भएको हो । मृतक पुरुषमा करिब ५ वर्षदेखि एचआईभी पोजेटिभ, क्षयरोग र दम रोगबाट पिडित रहेको बताइन्छ । उनको धरान बिपि प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

हाल आइसोलेसनमा २२ जना संक्रमित रहेको स्वास्थ्यकर्मी प्रमोद यादवले बताए । योसँगै हालसम्म बराहक्षेत्रमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।