घानामा ६ तले चर्च भत्किँदा २२ जनाको मृत्यु

Newslaya Home

घानामा ६ तले चर्च भत्किँदा २२ जनाको मृत्यु

शनिबार ०८, कार्तिक २०७७

काठमाडौं । घानामा चर्चको ६ तले भवन भत्किँदा शुक्रबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा पेरेर कैयौँ घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।