इटहरीमा टनवाल ब्रान्डका स्कुटरको शोरुम खुल्यो

Newslaya Home

इटहरीमा टनवाल ब्रान्डका स्कुटरको शोरुम खुल्यो

शनिबार ०८, कार्तिक २०७७

इटहरी । इटहरीमा पाथीभरा ट्रेडिङले तटनवाल ब्राण्डको इलेक्ट्रिक स्कुटर विक्री वितरण सुरु गरेको छ । दशै तिहारको अवसर पारेर स्कुटरलाइ पुर्वी नेपालमा भित्र्याइएको हो ।

इलेक्ट्रिक स्कुटरको बढ्दो मागलाई ध्यान दिँदै विक्री वितरण सुरु गरेको ट्रेडिङका सञ्चालक भिम कुमार श्रेष्ठले जानकारी दिए । शोरूमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले उद्घाटन गरेका हुन् ।

इलेक्ट्रिक स्कुटर सोरूमको उद्घाटन गर्दै पौडेलले विदेशबाट सवारीका लागि डिजल र पेट्रोल ल्याउनु पर्नेमा झन्झट हराउने तथा विधुतिय सवारीहरू आउन थालेपछी वातावरणमा समेत प्रतिकुल असर नपर्ने वताउदै विधुतिय सवारीहरूलाइ लक्षित गरी चार्जीगं सेन्टरहरू पनि ठाउँठाउँमा खोल्नु पर्नेमा जोड दिए ।

स्कुटरमा पेट्रोल नलाग्ने हुँदा रकम बचत हुने, मोविल फिल्टर नचाहिने, आवाज रहित हुनुका साथै वार्र्षिक सवारी कर नलाग्ने जस्ता आर्थिक लाभ रहेको सञ्चालक श्रेष्ठले बताए । स्कुटरमा सेन्सर जडान भएको, जिपिएस र मोवाइल एपद्वारा लोकेसन र आधारभूत सुचना प्राप्त गर्न सजिलो हुने जनाइएको छ ।
यस्तै स्कुटरमा जस्तो सुकै उकालोमा पनि दुई जना यात्रा गर्न सकिने सञ्चालक श्रेष्ठले बताए । फाईनान्सको समेत सुविधा रहेकाले ग्राहकहरुले रुचाउनेमा विश्वस्त रहेको बताए ।

सोरूम उद्घाटनकै दिन ११ वटा स्कुटर बुकिङ भएको पाथीभरा ट्रेडिङकी सञ्चालिका भारती श्रेष्ठले जानकारी दिइन् ।