२०७७ कार्तिक ०८ गते शनिबारको राशिफल

Newslaya Home

२०७७ कार्तिक ०८ गते शनिबारको राशिफल

शनिबार ०८, कार्तिक २०७७

मेष । आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कर्यको सुरुवात गर्न सकिनेछ ।

मिथुन । आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता वढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि मायाँ एवं समझदारीको भने कायम रहनेछ ।

कर्कट । नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह । आज मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीरपनि स्वस्थ रहनेछ । प्यारोसाथी संग भेट होला ।

तुला । आज इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

वृश्चिक । आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ कार्यको पप्रारम्भ गर्न सकिनेछ ।

धनु । आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

मकर । आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ । सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

मीन । आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Saroj Khanalलेख्नुहुन्छ
  • |
  • शनिबार ०८, कार्तिक २०७७
Kehi pani milena rashifal malekheko 😐😑