इटहरीका पत्रकार सचिन पोखरेललाई प्रधानसेनापति प्रशंसा पदक

Newslaya Home

इटहरीका पत्रकार सचिन पोखरेललाई प्रधानसेनापति प्रशंसा पदक

शुक्रबार ०७, कार्तिक २०७७

इटहरी । इटहरीका पत्रकार सचिन पोखरेल प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित भएका छन् ।

एभिन्यूज खबर प्रदेश नम्बर १ का प्रादेशिक ब्यूरो प्रमुखसमेत रहेका पत्रकार पोखरेललाई शुक्रबार काठमाडौँमा प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरिएको हो ।

फूलपातीको अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको समग्र हितका लागि आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान गरेको भन्दै पोखरेललाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मान गरेका हुन् ।

सामाजिक तथा मानवीय सेवाका लागि दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय रहेका पोखरेलसँगै अन्य पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा अनलाइनखबरका गौरव पोखरेल, सेतोपाटीका सञ्जीव बगाले र अन्नपूर्ण पोष्टका शम्भु कटट्टेल रहेका छन् । उनीहरुलाई प्रधानसेनापति थापाले प्रशंसा पदक प्रदान गरे ।

त्यस्तै, सोही समारोहमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाँई पनि सो पदकबाट सम्मानित भएका छन् ।