देशभर एकैदिन ४४ सय ९९ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

Newslaya Home

देशभर एकैदिन ४४ सय ९९ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

शुक्रबार ०७, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। सो अवधिमा देशभरि कुल १६,८६३ वटा नमुनाको परीक्षण गरिएको थियो।

अहिले फेला परेका सङ्क्रमितमध्ये १,६९० जना महिला र २,८०९ पुरुष छन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ५३ हजार नाघेको छ।

२४ घण्टाको अवधिमा थप १७ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। योसहित नेपालमा अहिलेसम्म ८२९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,७२० जना उपत्यकाका तीन जिल्लाका हुन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा २,६६८ सङ्क्रमित रोगमुक्त भएका छन्। अहिलेसम्म १,०५,४८८ सङ्क्रमित निको भइसकेका छन्।