बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

शुक्रबार ०७, कार्तिक २०७७

काठमाडौँ । आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँले बढेर ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ आज घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १२ सय ३० मा कारोबार भइरहेको छ ।