प्रदेश १ का डीआईजीद्वारा सीमा क्षेत्र अनुगमन

Newslaya Home

प्रदेश १ का डीआईजीद्वारा सीमा क्षेत्र अनुगमन

शुक्रबार ०७, कार्तिक २०७७

मोरङ । प्रदेश नम्बर १ का डीआईजी ईश्वरबाबु कार्कीले मोरङ र सुनसरीका सीमा क्षेत्रको अनुगमन गरेका छन् । कार्कीले बिहीबार सीमा क्षेत्रमा रहेको प्रहरी युनिट र सीमा क्षेत्रको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् ।

सोक्रममा कार्कीले सीमावर्ती क्षेत्रबाट हुने तस्करी, चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका आपराधिक गतिविधिलाई पूर्णरूपमा निस्तेज पार्न सम्बन्धित जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन पनि दिएका छन् ।