असई र प्रहरी जवानको परिवारलाई दुई–दुई लाख दिने प्रदेश सरकारको निर्णय

Newslaya Home

असई र प्रहरी जवानको परिवारलाई दुई–दुई लाख दिने प्रदेश सरकारको निर्णय

बिहीबार ०६, कार्तिक २०७७

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २–२ लाख दिने निर्णय गरेको छ ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २–२ लाख दिने निर्णय गरिएको हो ।

तत्काल परिवारका सदस्यलाई १–१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरूको सन्तानका लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको हो ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

दुवैका परिवारलाई आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भेटेर राहतका लागि आश्वासन दिएका थिए । मन्त्री बोहराले मृतकको परिवारलाई भेटेर आश्वासन दिएको भोलिपल्टै प्रदेश सरकारले दुवै परिवारलाई २–२ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।