बीपी प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

Newslaya Home

बीपी प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

बिहीबार ०६, कार्तिक २०७७

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानमै कार्यरत ५६ वर्षीया महिला कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जनाए ।

उनकाअनुसार मृतक महिलामा उच्च रक्तचापको पनि समस्या थियो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।