बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

बिहीबार ०६, कार्तिक २०७७

काठमाडौं । बिहिबार (आज) सुन तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२सय ३० रहेको महासंघले जनाएको छ ।