दमक अस्पतालमा सुविधा सम्पन्न भवन बनाइँदै

Newslaya Home

दमक अस्पतालमा सुविधा सम्पन्न भवन बनाइँदै

बुधबार ०५, कार्तिक २०७७

झापा। दमकमा अस्पतालको भवन अब सुविधा सम्पन्न हुने भएको छ ।

तीन वर्षदेखि जिल्ला स्तरिय सरकारी अस्पतालका रुपमा सञ्चालन हुँदै आएको अस्पतालको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले सरकारको २० करोड बढीको लागतमा सुविधा सम्पन्न भवन बन्न लागेको हो ।

अस्पताल सञ्चालन समिति अध्यक्ष तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले अस्पताल परिसरमै सुविधा सम्पन्न अस्पताल भवन बन्न लागेको र त्यसको लागत २० करोड ४२ लाख रहने बताएकी छन् ।

लिफ्ट तथा अण्डरग्राउण्ड पार्किङसहितको सुविधा सम्पन्न तीन तले भवन बढीमा ३० महिनाभित्र सम्पन्न हुने जनाइएको छ ।