दसैं बिदामा बैंक नखुल्ने

Newslaya Home

दसैं बिदामा बैंक नखुल्ने

मङ्गलबार ०४, कार्तिक २०७७

काठमाडौं । बैंकहरुले दसैं बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।

गत वर्ष बडादसैंको बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष बैंक नखोल्ने निर्णय गरेका हुन् ।

बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै बैंकका शाखा बन्द रहने जानइएको छ ।