उदयपुरमा मेयरसहित ४ जनामा कोरोना पुष्टि

Newslaya Home

उदयपुरमा मेयरसहित ४ जनामा कोरोना पुष्टि

मङ्गलबार ०४, कार्तिक २०७७

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयरसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी प्रतिष्ठान धरानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्याल, शिक्षा शाखाका श्रोत व्यक्ति सुर्य कार्की र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चन्द्र सिवाकोटीमा कोरोना पोजेटिभ देखिएको हो ।

मेयर, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई कोरोना भाईरस पुष्टि भएसँगै कटारी नगरपालिकाका अत्यावश्यक सेवा वाहेक सबै कामहरु ठप्प भएका छन् ।

उपप्रमुख भिमकुमारी राउतले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ४ गतेदेखि कार्यालय र मातहतका कार्यालयका शाखाहरुबाट सम्पादन गरिने अत्यावश्यक सेवा वाहेक दैनिक सञ्चालन हुने सेवाहरु कात्तिक १५ गतेसम्म बन्द हुने जनाइएको छ ।

संक्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको उनले बताएकी छिन् ।