निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध

Newslaya Home

निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध

मङ्गलबार ०४, कार्तिक २०७७

इलाम । माइखोलामा निर्माणाधीन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले संरचना निर्माण थालेपछि स्थानीयले अवरोध गरेका छन् ।

९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसानउन लागिएको भन्दै स्थानीय संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका हुन् ।

परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको भन्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने भन्दै स्थानीयले आन्दोलन थालेका हुन् । स्थानीयको अवरोधपछि परियोजनामा समाह खोला र इङ्गला खोलाबाट पानी ल्याउनका बनाउन लागिएको संरचनाको काम रोकिएको छ ।

स्थानीयले कालोझाण्डा गाड्दै काम बन्द गराएका हुन् । इङला र समाह खोलाको पानी परियोजनामा मिसाउँदा सयौ रोपनी जमिन बाझो हुने स्थानीयले बताएका छन् ।