देशभर एकैदिन थप ३७ सय ९० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

Newslaya Home

देशभर एकैदिन थप ३७ सय ९० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

सोमबार ०३, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३,७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

सो अवधिमा देशभरि १५,७१४ वटा नमुना परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,३८८ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ३६ हजार नाघेको छ।

२४ घण्टाको अवधिमा सोमवार अपराह्णसम्म थप १८ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। योसहित नेपालमा अहिलेसम्म ७५७ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयकाअनुसार सो अवधिमा देशभरि २,३३५ सङ्क्रमित रोगमुक्त भएका छन्। अहिलेसम्म ९४,५०१ सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.५ प्रतिशत हो।