राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

Newslaya Home

राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

शनिबार ०१, कार्तिक २०७७

काठमाडौ । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छैन ।

उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।