भारतीय अभिनेत्री कंगनाविरुद्ध मुद्दा चलाउन अदालतको आदेश

Newslaya Home

भारतीय अभिनेत्री कंगनाविरुद्ध मुद्दा चलाउन अदालतको आदेश

शनिबार ०१, कार्तिक २०७७

नयाँ दिल्ली । मुम्बईको एक अदालतले भारतीय अभिनेत्री कंगना रनावतलाई साम्प्रदायिकता फैलाएको आरोपमा एफआइआर दायर गर्न आदेश दिएको छ। रनावतले आफूमाथि मुद्दा दायर गर्न आदेश भएको ट्वीटरमार्फत् जानकारी गराएकी छन्।

‘मेरोविरुद्व अर्को एफआइआर दर्ता गर्न भनिएको छ। लाग्दैछ महाराष्ट्रमा पप्पु सेना मेरो पछाडि हात धोएर लागेको छ‚’ उनले ट्वीटरमा लेखेकी छन्‚ ‘मलाई यति धेरै समम्झ। म स्वयं त्यहाँ आउँदैछु।’

मुनब्बर अली नामका एक व्यक्तिले कंगना र आफ्नी बहिनी रगोलीले समाजमा साम्प्रदायिक घृणाा फैलाउने काम गरेको भन्दै अदालतलमा निवेदन दर्ता गरेका थिए।

अदालतमा निवेदन दिने पनि फिल्म क्षेत्रकै हुन्। कास्टिङ डाइरेक्टर काम गर्न मुनब्बर अलीले कंगनामाथि आइपिसीको धारा उल्लंघन गरेको जिकीर निवेदनमा गरेका थिए।