कोरोना संक्रमणबाट चलचित्रका छायांकार बैकुण्ठमानको निधन

Newslaya Home

कोरोना संक्रमणबाट चलचित्रका छायांकार बैकुण्ठमानको निधन

शनिबार ०१, कार्तिक २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमण देखिएका नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ ।

उनको ८३ बर्षको उमेरका निधन भएको जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले दिएका छन् । उनका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी समेत थिए ।

मास्केले पूर्ण छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए । मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् ।

साथै, उनले दर्जन बढी चलचित्रमा पनि काम गरेका छन् ।

उनलाई गत बर्ष चलचित्र निर्माता संघले विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा सम्मान गरेको थियो । मास्केको श्रीमती र एक छोरी छन् ।