संखुवासभा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

Newslaya Home

संखुवासभा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

शनिबार ०१, कार्तिक २०७७

संखुवासभा । संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण आज (शनिबार) धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षिय पारथमणी पौडेलको मृत्यु भएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिएका छन् ।

बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पिसिआर परिक्षणका लागि पठाएको थियो । बिहिबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पौडेललाई संक्रमण देखिएपछि एम्वुलेन्स उनको घरमा गएपनि उनि आइसोलेसनमा जान मानेका थिएनन् ।

आइसोलेसनमा नगएका पौडेलको घरमै मृत्यु भएको हो । कोरोना संक्रमित वृद्धको शव नेपाली सेनाले पिलुवाखोलामा ब्यवस्थापन गर्ने जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । जिल्लामा हालसम्म १ सय १५ जना कोरोना संक्रमण देखिएको छ । हाल सम्म ८१ जना निको भएर घर फर्किसकेका छन् ।