सुनसरीमा १७० सहित प्रदेश १ मा थप ४८१ जनामा कोरोना पुष्टि

Newslaya Home

सुनसरीमा १७० सहित प्रदेश १ मा थप ४८१ जनामा कोरोना पुष्टि

शनिबार ०१, कार्तिक २०७७

इटहरी । सुनसरीमा १७० सहित प्रदेश १ मा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका मध्य सबैभन्दा धेरै मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९–९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २–२, बराहक्षेत्र र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १–१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ ।