देशभर एकैदिन थप ३१ सय ६७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

Newslaya Home

देशभर एकैदिन थप ३१ सय ६७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

शनिबार ०१, कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३,१६७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा देशभरि १५,४३८ वटा नमुना परीक्षण गरिएको थियो। शनिबार पुष्टि भएका सङ्क्रमितमध्ये १,७४६ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २९ हजारभन्दा बढी भएको छ।

सो अवधिमा थप १२ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ। योसहित नेपालमा अहिलेसम्म ७२७ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

सक्रिय सङ्क्रमितमध्ये २९० जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि १,८०० सङ्क्रमित रोगमुक्त भएका छन्। अहिलेसम्म ८९,८४० जना सङ्क्रमित निको भइसकेका छन्। यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.४ प्रतिशत हो।