राजनराज र स्मिताको गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

राजनराज र स्मिताको गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक (भिडियोसहित)

शनिबार ०१, कार्तिक २०७७

काठमाडौं । राजनराज शिवाकोटीको शब्द संगीतमा गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । शुक्रबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा स्वर स्मिता दाहालको छ ।

सार्वजनिक गीतमा संगीत एरेञ्ज दिक्षित पौडेलले गरेका छन् । गीतको भिडियोमा गायिका स्मितासँगै अभिनेता सलोन बस्नेतको अभिनय रहेको छ ।

सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको साथमा वाल कलाकार सलिन राना र अल्फा शाह ठकुरी भिडियोमा अभिनय रहेको छ ।