धेरै नखानुस् गुर्जोलगायत आयुर्वेदीक औषधी, झन् बढाउँछ स्वास्थ्य समस्या

Newslaya Home

धेरै नखानुस् गुर्जोलगायत आयुर्वेदीक औषधी, झन् बढाउँछ स्वास्थ्य समस्या

शनिबार ०१, कार्तिक २०७७

काठमाडौं । के तपाई कोरोना भाइरसबाट जोगिन भन्दै जडीबुटीहरु खाइरहनुभएको छ ? सुनेकै आधारमा घरेलु औषधि प्रयोग गर्ने धेरै मानिसहरु यतिबेला स्वास्थ्य समस्या भोगिरहेका छन् ।

कोरोनाका साथै बिरामीमा अरु समस्याहरुसमेत देखिएको चिकित्सकहरुको भनाई छ ।घरेलु औषधि धेरै प्रयोगले समस्या देखिएको चिकित्सकहरु सुनाउँछन् । गुर्जो, जेठीमधुलगायत जडीबुटी सेवन गरेका संक्रमितमा कलेजो, मृगौलाको समस्या देखिएको छ । कतिलाई भने गुर्जो, पारिजातको पात लगायतको सेवनले लो ब्लड प्रेसरको समस्या देखिने गरेको छ ।

कुनै पनि औषधि मात्राभन्दा बढी नखान चिकित्सकहरुको सुझाव छ । आयुर्वेद औषधी खाए पनि चिकित्सकको सल्लाहअनुसार मात्रा मिलाएर थोरै थोरै खान चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन डा. जगदीश अग्रवालले सल्लाह दिएका छन् ।

आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरका प्रा.डा. रामआधार यादव भने आयुर्वेदिक औषधिको ‘साइड इफेक्ट’ नभएको दाबी गर्छन् । ‘हामीले गुर्जो त पहिलेदेखि प्रयोग गरेको औषधि हो’, डा.यादव भन्छन्, ‘यसले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ।’