वीरगन्जको अपार्टमेन्टबाट २२ किलो सुन बरामद

Newslaya Home

वीरगन्जको अपार्टमेन्टबाट २२ किलो सुन बरामद

शनिबार ०१, कार्तिक २०७७

 

वीरगन्ज । वीरगन्जस्थित एक अपार्टमेन्टमा पर्सा प्रहरीले छापा मारेर ठुलो परिमाणमा सुन र नगद बरामद गरेको छ ।

प्रहरीको विशेष टोलीले शनिवार(आज) वीरगन्ज–६ मा रहेको गणेश अपार्टमेन्टमा छापामारेको हो । प्रहरी स्रोतले अहिलेसम्म कम्तीमा २२ किलो सुन फेला परेको बताएको छ ।

केहीबेरमा जिल्ला प्रहरी कार्यालय, वीरगन्ज , पर्सामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताएको छ ।