झापामा भ्यू टावर बन्ने

Newslaya Home

झापामा भ्यू टावर बन्ने

शनिबार ०१, कार्तिक २०७७

झापा । झापाको बाह्रदशी गाउँपालिकामा भ्यू टावर बन्ने भएको छ । १२ करोड रुपैयाँको लागतमा निर्माणको काम अघि बढेको छ ।

गाउँपालिका भित्र रहेको पर्यटन पूर्वधारको विकास गर्ने लक्ष्यसहित भ्यू टावर निर्माणको काम अघि बढाइएको बाह्रदशी गाउँपालिकाले जनाएको छ ।

५० विघे सामुदायिक वन रहेको बाह्रदशी डाँडामा वनले इको टुरिजमको अवधारणा अघि सारेपछि गाउँपालिकाले बहुवर्षीय योजना अघि सार्दै भ्यू टावर निर्माणक गर्ने निर्णय गरेको थियो ।