कात्तिक १५ गतेसम्म सर्वोच्च मातहतका सबै अदालत बन्द

Newslaya Home

कात्तिक १५ गतेसम्म सर्वोच्च मातहतका सबै अदालत बन्द

शनिबार ०१, कार्तिक २०७७

काठमाडौं । आज (शनिबार) देखि सर्वोच्च अदालतसहित मातहतका सबै अदालत बन्द भएका छन्। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको हो।

शुक्रबार सूचना जारी गर्दै सर्वोच्च अदालत प्रशासनले आजदेखि कात्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने जनाएको हो ।

अदालतले हरेक वर्ष हिन्दुहरुको महान पर्व दसैंको अवसरमा घटस्थापनाको दिनदेखि पूर्णिमासम्म अदालत बन्द गर्दै आएको छ ।

बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ भने टीकाको दिन र शनिबारबाहेक अन्य दिन बिहान ११ देखि दिउँसो ३ बजेससम्म हुने अदालतले जनाएको छ ।