बेलबारीकी उपमेयर तारा पराजुलीको ‘बर्ष दिनको चाड’ गीतमा रचना र विवेशको स्वर (भिडियोसहित)

Newslaya Home

बेलबारीकी उपमेयर तारा पराजुलीको ‘बर्ष दिनको चाड’ गीतमा रचना र विवेशको स्वर (भिडियोसहित)

शुक्रबार ३०, असोज २०७७

इटहरी । बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीको लेखन रहेको ‘बर्ष दिनको चाड’ बोलको गीत सार्वजनिक भएको छ । नजिकिदै गरेको चाड दशैंलाई मध्यनजर गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

उपमेयर पराजुलीको रचना रहेको गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारी पहिलो आइडल विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ । गीतलाई दिनेश राजवाहकले एरेन्ज गरेका छन् ।